काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू (सघन उपचार कक्ष) बाट बाहिर सारिएको छ । उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन चिकित्सककाे निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्रीकाे आधिकारिक निवास तथा प्रधान कार्यालय 'डाउनिङ स्ट्रीट'ले जनाएकाे छ ।

प्रधानमन्त्रीका एक प्रवक्ताले भने, 'प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएकाे छ, जहाँ उनले डाक्टरकाे रेखदेखमा स्वास्थ्य लाभ गर्नुहुनेछ ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमण देखिएपछि दुई दिनअघि प्रधानमन्त्री जाेनसाेनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।