काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रास यस्तो गरी फैलिएको छ कि कोही पनि सुरक्षित नभएजस्तो गरी प्रचार भइरहेको छ । सामाजिक दूरी कायम राख्ने हो भने यो रोग नै नलाग्ने निश्चित छ । त्यसैले अधिकांश देशले लकडाउन गरिरहेका छन् ।
यति हुँदा पनि जो विदेशमा छन् उनीहरु आफ्नै देशमा फर्किन चाहन्छन् । ज्यानै गए पनि आफ्नै देशमा जाओस् भन्ने उनीहरुको कामना हुन्छ । त्यसरी नै अफगानिस्तानमा रहेका पाकिस्तानीहरु पाकिस्तान आएका छन् । अफगानिस्चानमा ४८४ जनामा कोरोना संक्रमण भएकामा १५ जनाको ज्यान गएको छ ।
३२ जनालाई मात्र निको भएको छ । तर पाकिस्तानमा संक्रमितको संख्या ४ हजार ६०१ रहेको छ । नयाँ संक्रमित ११२ जना थपिएका छन् । ६६ जनाको ज्यान गइसकेको छ । यो अवस्थामा पाकिस्तानभन्दा सुरक्षित अफगानिस्तान नै रहेको छ । तर केही भइहाले आफ्नै देशमा होस् भनी झण्डै १० हजारको संख्यामा पाकिस्तानीहरु पाकिस्तान पुगेका छन् ।
अफगानिस्तानको नान्दाहार प्रान्तमा रहेको तोर्खाम बोर्डरबाट पाकिस्तानीहरु पाकिस्तान फर्केका हुन् । पाकिस्तानले दुई वटा चेक प्वाइन्टबाट छिर्नका लागि चार दिनको समय दिएको थियो । अन्तिम दिन गत बुधबार भने बोर्डरमा भागदौड मच्चिएको छ । अन्तिम दिन भागदौड मच्चिदा ३ जनाको ज्यान गएको छ । भागदौडमा परी सयौं घाइते भएका छन् । यो भिडियोसहित–



