काठमाडौं : कोभिड-१९ भाइरस संक्रमणका कारण सबैभन्दा धेरै  ज्यान गुमाउनेको पहिलो नम्बरमा अमेरिका आइपुगेको छ। कोभिड-१९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार नेपाली समयानुसार शनिबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८१ पुगेको छ।

यसअघि कोभिड-१९ बाट धेरै नागरिकले ज्यान गुमाउनेको पहिलो सूचीमा इटाली थियो। तर अब कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित अमेरिकाले मृतकहरुतर्फ पनि अरुलाई उछिनेको छ।

अमेरिकामा अहिलेसम्म ५ लाख ५ हजार ७ सय ८१ जना कोरोना संक्रमित छन् । जहाँ शनिबार मात्रै करिब ३ हजार नयाँ संक्रमित भेटिएका छन्। यस्तोमा निको हुनेको संख्या २८ हजार एक सय ८९ छ।

अमेरिकापछि धेरै मानिस इटालीमा मरेका छन्। जहाँ अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ। इटालीमा करिब एक महिनापछि कोरोना संक्रमणको दर भने विस्तारै ओरालो लागिरहेको छ।

इटालीमा अहिलेसम्म एक लाख ४७ हजार ५ सय ७७ जना संक्रमित भएका छन्। त्यहाँ ३० हजार ४ सय ५५ जना निको भएर घर फिरेका छन्। अर्कातिर स्पेनमा १६ हजार ३ सय ५३ ले ज्यान गुमाएका छन्। स्पेनमा संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ५२ छ भने निको हुने ५९ हजार १०९ छन्।

स्पेनपछि फ्रान्समा १३ हजार एक सय ९७ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा संक्रमितको संख्या १ लाख २४ हजार ८६९ छ भने निको भएर घर फर्किने २४ हजार ९ सय ३२ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah