काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई काेराेना भाइरस (कोभिड १९) निको भएको छ । उहाँको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएकाे बीबीसीले बताएकाे छ ।

प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहनुभएको छ । सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उहाँलाई चेकर्स लगिएको खबरमा बताइएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो ।

बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।