एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन बढाएकै दिन भारतको मुम्बईमा सयौँ मजदुर सडकमा देखिएका छन् । कोरोना भाइरसका कारण छिमेकी मुलुकमा भारतमा आजदेखि थप १९ दिन लकडाउन बढाइएको छ, तर मुम्बईमा लकडाउन उल्लङ्घन गर्दै सयौँ मजदुर सडकमा देखिएका हुन् ।
सयौँ मजदुरहरू बांद्रा स्टेसनमा जम्मा भएर घर फर्किनु पर्छ माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । यी कामदारहरू आआफ्नो राज्यमा फर्कन सडकमा भेला भएका थिए । मजदुरहरूलाई हटाउनका लागि मुम्बई प्रहरीले लाठीचार्ज गरेका थिए । प्रहरीको लाठी चार्जपछि मजदुरहरू त्यहाँबाट भागेका थिए ।