काठमाडौं । यस समय सारा विश्व कोरोना भाइरसँगको लडाईमा छ । नेपाल सहित विश्वका अधिकांश देशहरुमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन गरिएको छ । कोरोना महामारीको संक्रमणबाट प्रितिदिन संक्रमित र मृतकको संख्या बढी रहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा २१ लाख ९ हजार ७०९ जनालाई कोरोनाको संक्रमण भएको छ भने, १ लाख ३७ हजार ६६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वमा ५१ हजार ११६ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख २६ हजार ७७० जना उपचार पछि निको भएका छन् ।
कोरोनाबाट बच्नका लागि हरेक क्षेत्रबाट धेरै नै प्रयाश भईरहेको छ । साथै यसको औषधि बनाउन वैज्ञानिकको टिम अहोरात्र खटिएको छ । कोरोना भाइरसको टेस्ट एक मेसिनले गरिन्छ । आज हामी तपाईलाई यसको टेस्ट कसरी हुन्छ भन्ने बारेमा जानकारी गराउनेछौँ ।
कोरोना भाइरस कसरी फैलिन्छ ?
सामान्यतया जाडो, खोकी, कफ, भाइरल फ्लू, श्वास प्रश्वासमा समस्या, तीव्र ज्वरो आदि कोरोना भाइरसका लक्षणहरु हुन् । ‘जर्नल एनल अफ इन्टरनल मेडिसिन’मा प्रकाशित एक रिपोर्टका अनुसार कोरोनाको संक्रमण भएको ५ औँ दिनमा शरीरमा माथि भनिएका लक्षणहरु मध्ये कुनै तीन किसिमका लक्षणहरु देखा पर्दछन् ।
‘इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च’का अनुसार पोलिमरेज चेन रिएक्सन (पीसीआर) को टेस्ट कुनै ठूलो ल्याबमा मात्रै गराउन सम्भव हुन्छ ।
यो ‘पीसीआर टेस्ट’ घाँटी, श्वास नलीको ‘लिक्विड’, र मुखको यालको स्याम्पल स्वाबमा परिक्षण गरिन्छ । यस किसिमको टेस्ट, विशेष गरेर ‘इन्फ्लूएन्जा-ए’, ‘इन्फ्लूएन्जा-बी’ र ‘एच-1 एन-1’ भाइरस पत्ता लगाउनका लागि गरिन्छ ।
डाक्टरका अनुसार नाक तथा घाँटीका पछाडि दुई वटा यस्ता ठाउँ हुन्छन् जहाँ, भाइरस रहने सम्भावना अत्याधिक हुने गर्दछ । ‘स्वाब’को माध्यमबाट तिनै कोशिकाहरुलाई जागरुक बनाइन्छ ।
‘स्वाब’लाई कोशिकाहरु रिलिज हुने सोल्युसनमा राख्ने गरिन्छ । ‘स्वाब’ टेस्टको प्रयोग ‘स्याम्पल’मा पाइएको ‘जेनेटिक म्याटेरियल’लाई कोरोना भाइरसको ‘जेनेटिक कोड’सँग मिलाउन प्रयोग गरिन्छ ।
के हो पीसीआर (PCR) टेस्ट ?
‘पीसीआर’ (पोलिमरेज चेन रिएक्सन) डीएनए (DNA) वा आरएनए (RNA) को सानो अनुक्रम विश्लेषण गर्ने एक विधि हो । ‘पीसीआर’को प्रयोग ‘डीएनए’ तथा ‘आरएनए’का लागि चयन गरिएका वर्गहरुमा पुनः उत्पन्न गर्नका लागि प्रयोग हुन्छ ।
कसरी हुन्छ कोरोना भाइरसको टेस्ट ?
‘पीसीआर’ (PCR) टेस्टको मद्दतबाट कोरोना भाइरसको टेस्ट गरिन्छ । यो प्रक्रिया पूरा गर्न पहिला ६ घण्टा लाग्दथ्यो तर अहिले भने परिक्षण गर्न मात्र ४ घण्टा लाग्दछ ।
‘स्याम्पल’ लिन र रिपोर्ट दिनका लागि २४ घण्टाको समय लाग्ने गर्दछ । तर कहिले भने त्यो भन्दा कम समयमा पनि रिपोर्ट आउन सक्दछ ।
यसैबीच सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल भिडियोमा कोरोनाको आशंका गरिएकाहरुलाई कसरी कोरोना ‘टेस्ट’ गरिन्छ भन्ने कुरा देखाईएको छ । भिडियोमा परिक्षणको पूरा पक्रिया बताइएको छ ।
भाइरल भिडियोमा परिक्षण कर्ता भन्छन्, ‘म एक कोरोना आशंका गरिएका व्यक्तिको दोश्रो पटकको कोरोना परिक्षणका क्रममा छु ।’
त्यसपछि उनी हातमा पञ्जा लगाउँछन् र स्यानिटाईजरको प्रयोग गर्दछन् । त्यसपछि ‘टेस्ट’ गर्ने ठाउँमा जान्छन् । त्यहाँ एकतर्फ कोरोनाको परिक्षण गराउन आएका व्यक्ति हुन्छन् भने अर्काे तर्फ डाक्टर हुन्छन् ।
त्यहाँ रहेको एक प्वालबाट उनी हात छिराउँछन् र आशंकित व्यक्तिको कोरोनाको ‘टेस्ट’ तयारी गर्दछन् ।
डाक्टरले त्यहाँ हात छिराएर ‘टेस्ट किट’बाट ‘सी स्टिक’ जस्तो पातले केहि निकाल्छन् र त्यसलाई परिक्षण गर्न लागेका व्यक्तिको घाँटिमा राखेर थोरै कफ बाहिर निकाल्छन् ।
कफलाई उक्त ‘स्टिक’ले बाहिर निकालेपछि त्यसलाई एक ‘टेस्ट ट्युब’मा राखेर बन्द गरिदिन्छन् । त्यसपछि उक्त ‘बक्स’लाई ‘ब्याग’मा सुरक्षित राख्छन् ।
त्यसपछि उक्त परिक्षण गरिएका व्यक्तिलाई बाहिर पठाइन्छ र उनी बसेको ठाउँमा ‘स्यानिटाइजर’ छर्किइन्छ र परिक्षण कर्ताले आफूले लगाएको पञ्जा पनि परिवर्तन गर्दछन् ।
एजेन्सीको सहयोगमा



