सामाजिक सञ्जालमा मानिसलाई तब झट्का लाग्यो, जब आइतबार एक समाचार वेबसाइडमा कोरोना विरुद्धको भ्याक्सिनको पहिलो परीक्षण गरिएकी महिलाको मृत्यु भयो।

न्यूज एनटी नामको उक्त वेबसाइडले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो परीक्षण गरिएकी वैज्ञानिक एलिसा ग्रेनेटोको भ्याक्सिन दिएको दुई दिनपछि मृत्यु भएको उल्लेख गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर ग्रेनेटो जिवितै छिन्। उनको स्वास्थ्य अवस्था ठिक रहेको पुष्टि भएको छ।

ग्रेनेटोले एक ट्वीट गर्दै आफू एकदम सुरक्षित रहेको पुष्टि गरेकी हुन्। उनले आफ्नो मृत्यु भएको झुटो खबर बाहिरीएको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेकी छिन्।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा पहिलो पटक २३ अप्रिलमा दुई व्यक्तिमा गरिएको थियो।

ग्रेनेटो ती मध्ये एक हुन्। उनले बीबीसीसँग कुरा गर्दै भनेकी छिन्, ‘म एक वैज्ञानिक हुँ। त्यसैले जहाँसम्म सम्भव हुन्छ म वैज्ञानिकलाई सहयोग गर्न चाहन्छु।’