कोरोनाभाइरसका कारण संसारै ठप्प भए पनि चीनले शक्ति बढाइरहेको छ ।

यसबीचमा उसले सैन्य अभ्यास र वायुसेना अभ्यास गरेको छ भने जलसेनामा दुई नयाँ आणविक पनडुब्बी थपेको छ । ती पनडुब्बीहरू अत्याधुनिक छन् ।

चीन सरकारले यी दुई पनडुब्बीहरू जलसेनालाई उसको ७१औं वर्षगाँठमा दिएको हो ।

यी पनडुब्बीहरू टाइप–०९४ हुन् । यिनमा आणविक क्षेप्यास्त्र छन् । यिनीहरूको राडार, सोनार र टोरपिडो सबै अत्याधुनिक छन् ।

यसमा भएका क्षेप्यास्त्रहरूको रेन्ज सात हजार किलोमिटर छ ।

चीनसँग यस्ता पनडुब्बी ६ वटा छन् । चीन सरकारले यिनको प्रदर्शन पोहोर साल शानदोङ प्रान्तको किंगदाओ शहरको समुद्री तटमा गरेको थियो ।

चीन अहिले ०९६ टाइप पनडुब्बी बनाइरहेको छ । ती झन् आधुनिक छन् र तिनमा २४ वटा जेएल–३एस ब्यालिस्टिक क्षेप्यास्त्र बोक्न सकिन्छ । ती क्षेप्यास्त्रहरूको रेन्ज १० हजार किलोमिटर हुनेछ । तिनले अमेरिका, युरोप र रुसलाई समेत आफ्नो रेन्जमा राख्न सक्छन् ।

अमेरिकासँग दशकौंसम्म शीतयुद्ध चल्ने भनी प्रक्षेपण भइरहेको बेलामा चीनले आफ्ना हतियार तथा सामरिक शक्ति बढाइरहेको छ । उसले आफैंले बनाएको एयरक्राफ्ट क्यारियरमा जे–१५ फाइटर जेटहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah