काठमाडौं । पूर्वयुवराज पारस शाहले आफू स्वस्थ रहेको स्पष्टीकरण दिएका छन् । सोमबार उनलाई हृदयघात रहेको हल्ला फैलिएपछि आफ्नो व्यक्तिगत फेसबुकमार्फत लाइभमा आएका पारस शाहले भने, ‘मलाई केही भएको छैन है साथीहरु, मलाई हृदयघात भयो रे भन्नेखालका हल्ला सुनेँ, के हर्टअट्याक हुने मान्छे हो म ? भएपनि फेरि उठ्छु !’

बिन्दास मुडमा लाइभमा आएका पारसले आफ्नो बारेमा अफबाह फैलाइएको भन्दै असन्तुष्टि समेत पोखे । उनले भने, ‘हेल्लो क–कसले हेरिराखेको छ ? ओके गाइज हार्टअट्याक नोथिङ । भर्खर उठेँ ।’

लाइभमा युवतीको आजाव समेत सुनिन्छ र पारस अघि भन्छन्, ‘काम नपाएका मान्छेहरु !’ उनले आफू चार दिनदेखि लगातार पार्टीमा रहेको पनि बताएका छन् । लटपटिएको आवाजमा उनले भनेका छन्, ‘ननस्टप पार्टी चार दिन भयो, चार दिन । पार्टी एक सातासम्म जानसक्छ । अर्को सातासम्म पनि गर्दिन्छु ।’

उनले आफ्नो नाम गलत नियतका साथ लेखेर कसैले खान पाउँछ भने आफ्नो भन्नु केही नरहेको भन्दै आक्रोश पोखेका छन् ।

लाइभका क्रममा उनैसँगै रहेका र आवाज सुनिएका केही युवायुवतीले स्वस्थ मान्छेबारे अफबाह फैलाइएको र रमाइलो मुड चलिरहँदा अनावश्यक भ्रम फैलाइएको बताएका छन् । पारस यतिबेला पोखरामा रहेको उनका निकटस्थहरुले बताएका छन् । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah