
काठमाडौं, ३१ बैशाख । आज भैइरहेको स्थानीय तहको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाह सरिक भएका छैनन् । हालसम्म, कुनै दल विशेषमा नभएको र आफूलाई स्वतन्त्र राखि रहन उनी निर्वाचनमा सरिक नभएको निर्मल निवास स्रोतले बतायो । यसैविच, पूर्वराजाको नाममा फेसबुकमा एक सन्देश भईरल बनेको छ । सो सन्देशमा पूर्वराजा मतदानमा सरिक नहुने र आफ्नो माया देश र जनताप्रति रहिरहेको बताइएको छ । सो सन्देशका विषयमा पुष्टी भने निर्मल निवासले गरेको छैनन् ।
पूर्वराजाका स्वकीय डा सचिव फणि पाठकले उँहाले कुनै सन्देश सामाजिक संजालमा राखेको बारे आफू अनविज्ञ रहेको बताए ।
जारी सन्देशमा पूर्वराजा शाहले स्थानीय तहको आइतवार भइरहेको निर्वाचनमा आफू सहभागी नहुने र आफ्ना लागि सबै समान रहेको संकेत गरेका छन् । राजतन्त्रको अन्त्य पछि पूर्वराजा कुनै पनि चुनावमा सरिक भएका छैनन् ।



