संयुक्त अरब अमिरात (यूएई) को ४८ तल्ले एक भवनमा मंगलवार राति आगलागी हुँदा डढेका सामग्री खसेर तल राखिएका कार समेत क्षतिग्रस्त भएका छन् ।

शारजहाँमा रहेको याब्को टावरमा राति ९ बजेपछि आगो लागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दशौं तल्लामा आगो लागेपछि त्यो मास्तिर सर्दै गयो अनि भुइँमा कंक्रिट र शीशा झर्न थाल्यो ।

आगलागीमा परी कोही पनि हताहत नभएको तर नौजनालाई सामान्य चोटपटक लागेकाले अस्पताल लगिएको शारजहाँ प्रहरीका उपप्रमुख अली अबु अल जाउदले बताए ।

भवनमा बस्नेहरू त्यहाँ फसेका छन् कि छैनन् भनी हेर्न ड्रोन उडाइएको थियो ।

अग्निनियन्त्रक दमकलहरू घटनास्थलमा पुगेर आगो निभाएका थिए ।

आगलागीपछि २५० परिवार विस्थापित भएकाले उनीहरूलाई वैकल्पिक स्थानमा लगिएको प्रहरीको भनाइ छ ।

विद्युत् शर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने बताइएको छ ।

https://video.dailymail.co.uk/preview/mol/2020/05/06/5153694341972576982/636x382_MP4_5153694341972576982.mp4