कोरोनाभाइरसको प्रकोपका कारण अन्य ग्रहमा जीवन खोजिरहेका वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ । अमेरिकाको अन्तरिक्ष अनुसन्धान निकाय नासा र वैज्ञानिकहरूले चेतावनी दिँदै अन्य ग्रहबाट ल्याइएका स्याम्पलले पृथ्वीमा नयाँ भाइरसको खतरा बढाउन सक्ने बताएका छन् ।

स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक स्कट हावर्डल् भने, ‘मंगलग्रहबाट ल्याइएको माटोको नमूनाले पृथ्वीमा कुनै नयाँ खतरनाक भाइरसलाई जन्म दिन सक्छ । त्यसैले मंगलग्रहबाट फर्किने बेलामा ग्रहीय सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ ।’

उनले थपे, ‘मेरो विचारमा मंगलग्रहका चट्टानहरू लाखौं वर्ष पुराना छन् र तिनमा अवश्य पनि एक सक्रिय जीवनसूत्र छ । त्यसले पृथ्वीलाई संक्रमित गर्न सक्छ । स्याम्पल ल्याएपछि त्यसलाई क्वारेन्टीन गर्नुपर्छ र खतरनाक भाइरस नभएको सुनिश्चित गर्नुपर्छ ।’

अपोलो मिसनमार्फत चन्द्रमामा पठाइएका अन्तरिक्षयात्रीहरूलाई फर्केपछि क्वारेन्टीन गरिएजस्तै मंगलग्रहका स्याम्पललाई पनि क्वारेन्टीन गरिनुपर्ने वैज्ञानिकहरूको कथन छ ।

मिसनमा गएका सबै अन्तरिक्षयान र तमाम उपकरणलाई रासायनिक प्रक्रियामा राख्नुपर्ने अनि उच्च तापक्रममा निर्मलीकरण गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah