दिल्लीका स्कुले छात्रहरुको इन्स्टाग्राम ग्रुप ब्वाइज लकर रुममा कथितरुपमा भएको भनिएको ‘ग्याङ रेप’ सम्बन्धी कुराकानीबारे नयाँ खुलासा भएको छ । दिल्ली प्रहरीका अनुसार भाइरल भएको पोस्ट ब्वाइज लकर रुमको च्याटरुममा भएको कुराकानी नै होइन ।

अनुसन्धान अनुसार, यो कुराकानी आफ्नै केटा साथीको प्रतिक्रिया र चरित्र बुझ्नका लागि एक युवतीले केटा बनेर गरेकी हुन् । कुराकानी गर्ने दुबैजना बोइज लकर रुपमा आबद्ध छैनन्, यो स्न्यापच्याटमा गरिएको कुराकानी हो । तर, सामाजिक सञ्जालमा ब्वाइज लकर रुमको कुराकानीका स्क्रिनसटसँगै यो कुराकानीको स्क्रिनसट पनि एकसाथ भाइरल भयो र सबै कुरा मिसियो ।

‘खासमा यो स्न्यापच्याट कुराकानी एक किशोरी (पठाउने) र किशोर (प्राप्त गर्ने) बीच भएको थियो । जहाँ किशोरीले ‘सिद्धार्थ’ नामको केटाको फेक एकाउन्ट खोलेर च्याट सुरु गरेकी थिइन् ।’

प्रहरीका अनुसार अब यी दुबैविरुद्ध कुनै मुद्दा दर्ता हुनेछैन । ‘फेक एकाउन्ट बनाउनु गलत भयो, तर उनको मनसाय घृणित थिएन र हामी कुनै उजूरी फाइल गर्नेवाला छैनौँ,’ एक अधिकारीले न्युज एजेन्सी पीटीआईसँग भनेका छन् ।

‘यी युवतीले पूरुषका नाममा फेक एकाउन्ट प्रयोग गरेर च्याटमा आफैविरुद्ध यौन दुव्यवर्हारका लागि योजना बनाउन केटा साथीलाई सुझाव दिएकी छिन्,’ दिल्लीका वरिष्ठ प्रहरी अधिकारी अन्यस रोयले भने,‘च्याटमा फेक आइडी प्रयोग गरेर यस्तो म्यासेज पठाउनुको उद्देश्य विशेषगरी अरुले आफ्नाबारे कसरी गलत कुराकानी गर्छन् भनेर बुझ्नु, केटाको प्रतिक्रिया र उनको चरित्रको शक्ति परीक्षण गर्नु थियो ।’

झुटो यौन दुर्व्यवहारको योजनामा सहभागी हुनबाट केटा साथीले अस्वीकार गरे अनि स्न्याप च्याटमा कुरा गर्न छाडिदिए । त्यसपछि यस संवादबारे उनले आफ्ना साथीभाइ र ती युवतीसँग पनि कुराकानी गरे । युवतीलाई थाहा थियो कि यो उनी आफैले सुरु गरेको बहस थियो, त्यसैले उनले यसबारे कहीँ रिपोर्ट गरिनन् ।

तर ती युवाका एक साथीले इन्स्टाग्राममा यो स्न्यापच्याटको स्क्रिनसट सेयर गरे । जब, ब्वाइज लकर रुमका इन्स्टाग्राम स्क्रिनसटहरु अन्य व्यक्तिसामु सार्वजनिक भए, अनि सामाजिक सञ्जालमा फैलन थाले । त्यसपछि यो स्न्यापच्याट संवाद पनि यही समुहका अन्य स्क्रिनसटहरुसँग मिसियो । यसको गाम्भिर्यता विभिन्न विद्यार्थी समुहमा हुने उपलब्धताका कारण पनि ब्वाइज लकर रुमको ठूलै विरोध भयो ।

गत साता १८ वर्षमाथिका एक किशोर ‘ब्वाईज लकर रुम’ सञ्चालन गरेको भन्दै गिरफ्तार भए । आपत्तिजनक म्यासेज र कम उमेरका किशोरीहरुका अश्लिल तस्विर सेयर गरिएको अभियोग यस समुहमाथि छ । यस ग्रुप सञ्चालन गर्ने किशोरहरु नोयडा स्कुलमा पढ्दैछन् र यसै वर्ष १२ कक्षाको परीक्षा दिँदैछन् ।

स्रोत : एनडीटीभी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah