पेट्रोल ट्यांकरमा लुकाएर राखिएको भारी मात्रामा रहेको रक्सीको बोतल बरामद भएको छ । ट्यांकरमा रक्सीको बोतल देखेपछि प्रहरीले चेकजाँच गर्दै १ सय ९० बोतल रक्सी बरामद गरेको हो ।

यो घटना भारतको पटनामा भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा लकडाउनका कारण रक्सीको माग अत्याधिक भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिहारमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । लकडाउनका समया भारी मात्रामा रक्सीका बोतल बरामद भएपछि प्रशासनमाथी प्रश्न उठेको छ ।

लकडाउनका समयमा उक्त रक्सी महंगो मूल्यमा बेच्नका लागि लगिदैं गरेको प्रहरीले आशंका गरेको छ ।