गएको सोमबारका दिन ग्लोबल एजुकेसनल एकेडेमिले बेलडगि सरणार्थी शिबिरमा आफ्ना बिद्यार्थीसहित गरि ६४ घरपरिवारको लागि राहत सामग्री बेलडागी क्याम्पकका सचिब कृष्ण बहादुर सुब्बालाइ ग्लोबल एकेडेमिका अध्यक्ष श्री खेम प्रसाद भण्डारी तथा प्राध्यापक गुणराज अधिकारिले हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा ३ नम्बर वार्ड अध्यक्ष नवीन बराल ,लायन्स क्लबका अध्यक्ष श्री काशिराम खाती ,ग्लोबल शिक्षा समितिका संयोजक डाक्टर निर्मल कटुवाल तथा शिक्षकहरु श्याम आचार्य ,दुर्गा नेपाल ,दिपक भट्टराई ,सुरेन्द्र बस्नेत समेतको उपस्थित थियो ।
६४ परिवारका लागि प्रति परिवार १० केजि चामल, १ के जि. मसुरोको दाल गर अन्य खाध्य सम्मग्री गरेर जम्मा रु. ५६,०००(छप्पन्न हजार) बराबरको राहत सामग्री उपलबध गराएको छ । क्याम्प सेक्रेटरिको अफिसकोलागी समेत २ थान सेनिटाइजर उपलब्ध गराएको छ।उक्त राहत आज ०७७/०१/३० गते क्याम्पस सचिवले ५१ जना...को बिद्यार्थीका परिवारलाई तथा १३ स्थानिय सिविरको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । यस अघिनै ग्लोबल एकेडेमिले प्रधानमन्त्री राहतकोषमा रु.५०,०००/-(पचास हजार) दमक नगरपालिका मार्फत बुझाएको थियो ।










