आफूलाई कोभिड–१९ को संक्रमण रहेको बताउने एक व्यक्तिले थुकेपछि बेलायतको एक रेलवे टिकट अफिसरको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

लण्डनस्थित भिक्टोरिया स्टेसनमा कार्यरत ४७ वर्षीया बेली मुजिङ्गा र उनको सहकर्मीमाथि गत मार्चमा आक्रमण भएको थियो । उक्त घटनाको केही दिनमा नै दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । बेलायती प्रहरीका अनुसार उनीहरुमाथि थुक्ने मानिसको खोजी भइरहेको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत मार्च २२ मा स्टेसनमा कार्यरत भएको बेला ती व्यक्ति मुजिङ्गा भएको ठाउँमा आएका थिए । उनका पति लुसाम्बा गोडे काटालेका अनुसार ती व्यक्तिले उनलाई ‘के गरिराखेको र यहाँ किन ?’ भनेर सोधेका थिए ।

‘उनले म यहाँ काम गर्छु भन्ने जवाफ दिएपछि आफूलाई कोरोना संक्रमित बताउने ती व्यक्तिले उनीमाथि थुकेका थिए,’ उनले भने ।

गत अप्रिल २ मा उनलाई बारनेट अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखिएको ३ तीन दिनपछि उनको मृत्यु भयो ।

मुजिङ्गाकी ११ वर्षीया छोरी रहेकी छिन् ।

स्रोत : बीबीसी