दमक। झापाको दमकका स्वास्थ्यकर्मीका लागि लक्ष्मी बैंकले पाँच सेट पिपिइ र एउटा थर्मल गन प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यलयले उपलब्ध गराएको ती सामाग्री आज नगरपालिकाका प्रमुख रोमनाथ ओली , उपप्रमुख गीता अधिकारीलाई ती सामग्री प्रदान गरिएको लक्ष्मी बैंक दमक शाखाका प्रबन्धक नवराज बस्नेतले जानकारी दिनु भयो ।
बिस्वभर कोरोनाको संक्रमण फैलिएको र नेपालमा समेत दिनप्रतिदिन यसका बिरामी भेटिन थालेकोले अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई केही सहज होस भन्ने उद्देश्यले बैंकले आफ्नो साखा कार्यालय मार्फत सम्बन्धित स्थानीय तह मार्फत स्वास्थय सामग्री प्रदान गरेको उहाले जनाउनु भयो ।










