दमकमा केही समय अघि स्थापना भइ सामाजिक सेवाको कार्यमा सक्रिय असहाय मानव सेवा समाजले आज सोमबारदेखि भोकालाई भोजन अभियान शुरु गरेको छ ।

दमक न.पा का बिभिन्न ठाउँमा सो सस्थाले आज पहिलो दिननै २५ जनालाई भोजन गराएर अभियान शुरु गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो सस्थाकी सदस्य रमादेवी पाठकको जन्मदिनको अवसर पारेर विभिन्न कारणले नियमित खाना खान नपाएका बेवारिसे अवस्थामा रहेका असहायहरुलाई उनीहरुलाइ जहाँ जहाँ भेटियो त्यही स्थानमा खाना खुवाइएको सस्थाकी अध्यक्ष चेतना निरौलाले जानकारी दिनु भयो ।

सस्थाले त्यस किसिमको सहयोग आवश्यक परेका जो कोहीलाई अभियान मार्फत सहयोग गर्ने अभियानमा सक्रिय पुनम रिजालले जनाउनु भयो ।