उटा भ्याक्सिन कोरोना भाइरससँग लड्नका लागि मानिसहरुको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई प्रशिक्षित गर्न सक्छ – एक अमरिकी कम्पनीको अनुसन्धानमा यसको संकेत भेटिएको हो ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले ‘भ्याक्सिनको सेफ्टी ट्रायलमा भाग लिएका सुरुका ८ व्यक्तिको शरीरमा कोरोनाभाइरस मार्ने एन्टिबडी पाइएको’ दाबी गरेको छ ।
साथै, अनुसन्धानमा संलग्न व्यक्तिहरुमा प्रतिरक्षा प्रतिक्रिया वास्तविक रुपमा कोभिड–१९ द्वारा संक्रमित व्यक्तिहरुमा जति थियो त्यति नै भएको पनि बताइएको छ ।
के कोरोनाको संक्रमणबाट बच्न यो भ्याक्सिन प्रभावकारी छ त ? यसको जवाफ खोज्न जुलाईमा ठूलो स्तरमा यसको ट्रायल सुरु हुने आशा गरिएको छ ।
कोभिड–१९ लाई रोक्नका लागि संसारभरी यसको भ्याक्सिनमाथि अभूतपूर्व गतिमा काम भइरहेको छ ।
संसारभरीका लगभग ८० समूह हाल कोरोना भाइरसको भ्याक्सिन विकसित गर्नमा काम गरिरहेका छन् ।
स्रोतः बीबीसी



