काठमाण्डौ – दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । विश्वभरी अध्ययन अध्यापन अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु फेरि सञ्चालन गर्न थालिएको हो ।

देशभरी बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु सञ्चालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नुअघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउने लगायतका प्रक्रिया लागू गर्नैपर्ने व्यवस्था गरिएको उनीहरुको भनाइ छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले सञ्चालन गर्न लागिएका छन् ।

रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले सञ्चालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन् ।

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्नेगरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्कने स्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्धेश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाई छ ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य संचालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य शुरु गराइने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah