झापाको दमकमा असहाय मानव सेवा समाजले शुरु गरेको भोकालाई भोजन अभियानको चौथो दिन आज ४५ जनालाई खाना खुवाइएको छ । अभियानमा सकृय सस्थाकी उपाध्यक्ष सजु बुढाथोकीका अनुसार दमकका विभिन्न स्थानमा सडक पेटी , बसपार्क लगायत सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताईरहेका उनीहरुलाई सस्थाले बसेकै ठाउँमा खाना र पानीको ब्यवस्था गरिएको हो ।

सो अभियानमा आज सस्थाकी अध्यक्ष चेतना निरौला , उपाध्यक्ष बुढाथोकी , सचिब कृष्ण भट्टराई ,सहसचिव पुनम रिजाल , कोसाध्यक्ष् सीता उप्रेती , सदस्यहरु श्याम तिम्शिना, तेजप्रसाद तिवारी लगायत सक्रिय सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय