काठमाडौं । रिपोर्टिङ्गको क्रममा बर्दिबास-११ को वडा कार्यलय पुगेका पत्रकार इशारा लामा माथी आक्रमण भएको छ ।बाटो छेकेर बसेका स्थानिय युवाहरुको दादागिरीबारे ध्यानाकर्षण गराउन फेसबुकमा राखेको स्टाटसलाई लिएर स्थानिय युवाहरुले हातपात गरेको पत्रकार लामाले जानकारी दिएकी छन ।
आज दिउँसो रिपोर्टिङ्गको क्रममा बर्दिबास-११ को कार्यलय पुग्दा अगाडि नै त्यहा पुगेका युवाहरुले किन फेसबुकमा त्यस्तो स्टाट्स राखेको भन्दै कुटपिट गरेका थिए ।कुटपिटबाट पत्रकार लामाको एउटा मोबाइल फुटेको छ भने उनी सामान्य घाइते भएका छन ।बर्दिबास नगरपालिका १० र ११ मा स्थानिय क्षेत्रमा प्रबेश गर्ने जोकोहीलाइ जान नहुने भन्दै पत्रकारलाई समेत रोकेपछी हिजो लामा र स्थानिय युवाहरुबिच सामान्य बिवाद भएको थियो ।
त्यही बिषयलाइ प्रतिनिधि बनाएर लामाले यस्ता खाल्का हर्कत बेठिक भएको औल्याउदै स्थानिय निकायलाई ध्यानाकर्षण गराएका थिए ।स्थानिय युवाहरुको यो हातपातले ज्यानको बाजि लगाएर फ्रण्ट लाइनमा खटिरहेका पत्रकारहरुलाइ आत्मबल घटाएको र जनताको सुचना पाउने हक अधिकार समेत कुण्ठित गर्न खोजेको लामाले बताएका छन ।
उनिहरुको आक्रमणले आफुमाथी मात्र नभइ फ्रण्टलाइनमा अहोरात्र खटिरहेका पत्रकारहरुमाथी सुरक्षाको दृष्टीले प्रश्न चिन्ह समेत खडा भएको बताएका छन ।
सुचना संकलनकालागी खटिएका पत्रकारहरुमाथी स्थानिय निकायले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र घटनामा संग्लन युवाहरुलाइ अबिलम्ब कारबाही गर्नु पर्ने पत्रकार लामाले माग गरेका छन ।लामाले आफुमाथी गम्भीर अन्याय भएको बताउदै इलाका प्रहरी कार्यलय बर्दिबास-३ मा ज्यानको सुरक्षा र संग्लन युवाहरुलाइ कारबाहीको लागी निबेदन पनि दिएको जानकारी दिएका छन ।



