काठमाडौं : नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्। भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन्।

भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले सार्वजनिक गरेका हुन्। यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बताएका छन्। ‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार बर्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उनले बताएका छन्। यो विषय बारम्बार चर्चामा रहेको उनले बता। ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन,’ उनले भनेका छन्,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ। नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ उनले भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि बताएका छन्।’नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ,’

उनले भनेका छन्,’ दुवै छिमेकी राष्ट्र हुन्। चीन र भारत। भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनु पर्ने अवस्था आउँछ।’ आजतक रेडियोको उक्त पोडकास्टमा नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। यदि भारतले ढिला गरे नेपाफ चीनको पोल्टामा पुग्ने चिन्ता पनि जाहेर गरिएको छ। थाहा खबर बाट साभार