#

पाकिस्तानमा भएको विमान दुर्घटनामा परी मृ’त्यु हुनेको संख्या ३७ पुग्यो


कराँची । पाकिस्तानमा शुक्रबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ। ९० यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९८ जनाको रहेको विमान शुक्रबार दुर्घटना भएको थियो।

दुर्घटना परी कम्तिमा ३७ जनाको मृत्यु भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ। बिमान कराँचीको एक बस्तीमा दुर्घटना भएको थियो र केही घरहरुमा क्षति पुगेको बताइएको छ। क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु