एजेन्सी भारत र चीनबीचमा पछिल्ला दिनमा चलिरहेको सीमा विवादमा फेरि अर्को विषय चर्चामा आएको छ, त्यो हो चिनियाँ मानवरहित हेलिकप्टर । यो हेलिकप्टरले भारतीय सीमा क्षेत्रको सुक्ष्म निगरानी गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले बनाएको यो मानवरहित हेलिकप्टरको नाम AR500C हो । यो चीनको सरकारी कम्पनी एभियसन इन्डष्ट्री कर्पोरेशन अफ चाइनाले बनाएको हो । कम्पनीले चीनको पूर्वी प्रान्त जियाङसीको पोयाङमा पहिलो पटक उडाइएको छ ।

यो हेलिकप्टर अधिकतम ६ हजार ७ सय मिटर अर्थात २१ हजार ९ सय ८१ फिटको उचाइसम्म उडान गर्छ । यसको गति प्रतिघन्टा १ सय ७० किलोमिटर रहेको छ । यो हेलिकप्टरको तौल ५ सय किलो रहेको छ ।
हेलिकप्टर बनाउने वैज्ञानिक फेङ्ग योङ होङले यो पुरै डिजिटल भएको बताएका छन् । यसले आफै उडान गर्ने र आफै ल्याण्डिङ गर्नेछ । यो सीमा क्षेत्रमा निगरानी गर्ने पहिलो मानवरहित हेलिकप्टर हो । उनले यो हेलिकप्टरमा अत्याधुनिक इन्जिन लागेको जानकारी दिएका छन् ।

 

चिनियाँ रक्षा विशेषज्ञ फु क्विन साओले सीमा क्षेत्रमा यो मानवरहित हेलिकप्टर राम्रोसँग उडान भर्न सकिने जानकारी दिएका छन् । उनले भारतसँगको सीमा क्षेत्रको निगरानी राम्रोसँग गर्ने बताए । अब लद्दाख क्षेत्रमा पनि यो हेलिकप्टरको प्रयोग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah