भारत । भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विशेष रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् । लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पु¥याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ । यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विशेष’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उनले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिए । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उनले बताए ।

यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताए । सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय