भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबैदेशबिच बढेको तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ।

पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो। सैन्य तथा कुट्नीतिक स्तरमा उत्पन्न तनावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भिडन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका हुन्।

टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा श्रोतको हवाला दिदैं चिनियाँ सेनाले पूर्वी लद्दाखको नियन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी बन्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्रमिकरूपमा थपिरहेको जनाएको छ।

यसैगरी भारतीय सेनाले पनि त्यहाँ अतिरिक्त सैनिकको साथसाथै उपकरण र तोपखानाको बन्दुक जस्ता हतियारहरू बढाउन सुरू गरेको छ। भारतीय वायुसेनाले त्यहाँ कडा हवाइ निरिक्षण गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ।

यस महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ तनाव उत्पन्न हुन सुरू भएको हो।

एजेन्सी-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah