दक्षिण पूर्वी अरब सागरमा विकास भएको निसर्ग नामको आँधी भारतको महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बइ र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी दिएको छ ।

आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ खाली गराइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी दिएको छ । सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै उदारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको छ । आज बेलुका आठ बजेसम्म आँधीसहित वर्षाको सम्भावना रहेकोले त्यसबेलासम्म सचेत रहन भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah