काठमाण्डौ – अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् ।

प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ ।

घुँडा टेकेपछि प्रहरीको अगाडि पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन् । आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँटी थिचेर हत्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ ।

प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी उनीसहित अरु चार जनालाई पक्राउ गरेको छ । अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ ।
साभा: उज्यालो अन्लाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय