एजेन्सी/ आज बलिउड चर्चित गायिका नेहा कक्करको जन्मदिन परेको छ । आज अर्थात जुन ६ तारिकमा उनको जन्मदिन परेको हो । जन्म दिनमा उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिएकी नेहा कक्कड ३२ बर्ष पुरा भएकी छिन् ।

बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान्, आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् ।

आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् । भारतको चर्चित शो ‘इन्डियन आइडल’ मा जर्ज भएकी नेहाको केही वर्ष अघि ४ वर्षे लामो प्रेमी अभिनेता हिमांश कोहेलीसँग प्रेम सम्बन्ध टुटेको थियो । प्रेम टुटेपटि उनी स्टेजमै रोएकी समेत थिइन् । मिठो स्वरकी धनी नेहाको नाम लोकप्रिय गायक आदित्य नारायण झासँग पछिल्लो समयमा जोडिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय