पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् ।

रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८४ हजार बढि संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३८ को मृत्यु भइसकेको छ । स्रोतः बीबीसी