नामिबियामा कोरोनाभाइरसको संक्रमण निकै कम छ र यो देश मार्चमा लगाइएको लकडाउनबाट क्रमशः बाहिरिँदै छ । यहाँ लकडाउनमा चरणबद्ध तरिकाले राहत दिइँदैछ । कोरोना कालमा नामिबियामा डाक्टरको रुपमा काम गर्ने लाटोया ममबोला आफ्नो खाली समयमा गीत गाउँछिन् ।
उनी दिउँसो अस्पतालमा बिरामीको उपचार गर्छिन् र राती र्याप हान्छिन् । र्यापिङको दुनियाँमा उनलाई लायनेसको नामले पनि चिनिन्छ । कोरोना कालमा डाक्टरमाथि अत्यधिक दबाब हुने बताउँदै आफूहरुले डबल ड्युटी गरिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यदि कोही बिरामीलाई आइसोलेशनमा राखिन्छ भने हामी निकै खुसी भएर उक्त स्थानमा काम गर्छौं । किनभने हाम्रो पहिलो प्राथमिकता भनेको बिरामी हुन् । ’
कसरी बनिन् डाक्टर ?
पत्रकारको यस्तो प्रश्नमा उनले भनिन्, ‘मलाई मानिसहरुलाई सहयोग गर्न असाध्यै मनपर्छ र यसो गर्न पाउँदा म अत्यधिक खुसी पनि हुन्छु । यो यस्तो काम हो जसमार्फत् म आफ्नो इच्छा पूरा गर्न सक्छु । ’
‘म आफ्नो समुदायलाई कसरी सहयोग गर्न सक्छु ? हामी कम जनसंख्या भएको देश हौं । एक समय यस्तो थियो जब यहाँ डाक्टरको संख्या निकै कम थियो । मलाई लाग्यो कि आफ्नो समुदायका मानिसहरुलाई सहयोग गर्ने यो एउटा राम्रो तरिका हो । अहिले हेर्नुहोस् त म डाक्टर बनेँ ।’
त्यसो भए र्यापर कसरी बनिन् ?
आफ्नो साङ्गीतिक यात्राबारे कुरा गर्दै उनी भन्छिन्, ‘मेरी बहिनी संगीत निर्माता हुन् । संगीतको क्षेत्रमा कदम राख्नका लागि उसैले मलाई प्रेरित गरिन् । उनी घरमा एउटा अचम्मको कार्यक्रममाथि काम गरिरहेकी थिइन् । मैले गाउने कोसिस गरेँ । मेरो आवाज असाध्यै खराब थियो । तसर्थ मैले र्याप गर्न सुरु गरेँ ।’
आफ्ना धेरैजसो प्रशंसक महिला भएको उनी बताउँछिन् । त्यसकारण उनी महिलाको मुद्दासम्बन्धि आफूले गीत गाउनुपर्ने विश्वास राख्छिन् । उनी भन्छिन्, ‘म गीतमार्फत् नै महिलालाई आफ्नो पहिचानसँग सहज हुन आग्रह गर्छु ।’
उद्देश्यः
आफ्नो उद्देश्यबारे जानकारी दिँदै उनी भन्छिन्, ‘जीवनमा चाहे जतिसुकै चुनौती आओस् तपाईं सधैं खुसी रहनुपर्छ भन्ने सोच हो । एक डाक्टरको रुपमा र साङ्गीतिक क्षेत्रको एक सदस्यको रुपमा म नयाँ मौका स्थापित गर्न मद्दत गर्न सक्छु र संसारको अगाडि देशको एउटा भिन्न छवि पेश गर्न सक्छु ।’ स्रोतः बीबीसी
"I can really make opportunities for Namibia and show Namibia to the world."
Latoya Mwoombola, aka @lioness_CilQ, has been working tirelessly as a doctor in Namibia, which has seen very few cases of Covid-19. She spoke to #BBCWhatsNew's @Yvethi about her other passion – rapping. pic.twitter.com/sutuwAAxPb
— BBC News Africa (@BBCAfrica) June 4, 2020



