विष्णुप्रसाद पोखरेल/ दमक/ आज झापाका सबै स्थानीय तह, उद्योग बाणिज्य संघ तथा सरकोरवालाहरुको छलफलले लकडाउन खुकुलो बनाने निर्णय गरेको छ । छलफलमा सहभागि दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार विहान ८ बजे देखि दिउसो २ बजे सम्म निर्माण समाग्री तथा खाद्यान्न सहित अन्य पसलहरु कपडा, जुत्ताचप्पल, सुनचादी, इलोक्ट्रेनिक्स, सुरक्षा विधि अपनाइ भौतिक दुरी कायम गरी खुला रहने निर्णय भएको छ ।

उनका अनुसार होटल रेस्टुरेन्टहरुले खाना प्याकेजिङ गरेर तथा होम डेलिवेरी दिन पाउनेछ्न भने होटेलमै ग्राहक तथा उपभोक्तालाई राखेर सेवा दिन पाईनेछैन । सिनेमा हल, सैलुन, ब्युटी पार्लर, होटल लगायत बडी भिड्भाड हुने क्षेत्र हरु बन्द नै रहनेछन् ।

ब्यवसायीहरुले लकडाउनलाई खुकुलो बनाउनका लागि माग गर्दै आएका थिए । यसका लागि तीन दिन अघि एउटा कार्यदल पनि बनेको थियो । झापामा दिनप्रति दिन कोरोना संक्रमित बढ्दै जाँदा लकडाउनलाई ब्यवस्थित बनाउन पनि माग उठ्दै आएको थियो ।

बजार तथा पसल खोल्दा भौतिक दुरी कायम राख्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ । यद्यपी अहिले बजारमा आधारभूत सावधानी समेत नअपनाई बजार तथा पसलहरु खुला रहेकाछन् । ब्यवसायीहरुलाई न्यूनतम आधारभूत सावधानी अपनाउन संघका अध्यक्ष गोकुल श्रेष्ठको अनुरोध छ ।

आज जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि र जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको बैठक रहेको थियो । सोहि बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah