काठमाण्डाै – जर्ज फ्लाेएडकी भतिजी ब्रुकी विलियम्सले टेक्सासकाे ह्युस्टनमा काकाकाे अन्तिम संस्कारमा मृत्यु प्रकरणबारे केही बताएकी छिन् । विलियम्सले जर्ज फ्लाेएडलाई आध्यात्मिक रुपमा एक कार्यकर्ताकाे रुपमा याद गरिएकाे र आफूले सास फेरिरहञ्जेल उनकाे लागि ‘न्यायकाे सेवा’ गरिरहने बताएकी छिन् । उनले अश्वेत नागरिकलाई हानी पुर्‍याउन कानुनकाे डिजाइन गरिएकाे बताएकी छिन् ।

जर्ज फ्लाेएडकाे मे महिनामा मिनिपाेलिसमा मृत्यु भएकाे थियाे, जहाँ एक श्वेत प्रहरी अधिकारीले झण्डै नाै मिनेटसम्म जर्जकाे गर्धनमा चाकु राखेर घुँडाकाे सहायतमा उनलाई भुइँमा दबाएका थिए । र त्यसकाे केही मिनेटमा नै उनकाे मृत्यु भएकाे थियाे ।

याे घटनाका भिडियाे सार्वजनिक भएपछि अमेरिकी शहरलगायत विश्वभरि नै अमेरिकी प्रहरीकाे कारबाहीकाे शैलीलाई लिएर प्रदर्शन र आलाेचना भइरहेकाे छ ।

जर्जकाे गर्धनमा घुँडा राख्ने प्रहरी अधिकारी डेरेक चाउभिनलाई अदालतमा उपस्थित गराइएकाे छ, जहाँ उनी दाेस्राे डिग्रीकाे हत्या र हत्याकाे आराेपकाे सामना गरिरहेका छन् । साथै गिरफ्तार गरिएका अन्य तीन अधिकारीमाथि सहयाेग गरेकाे हत्याकाे आराेप लगाइएकाे छ । जर्ज फ्लाेएडकाे मृत्युपछि उनीहरु सबैलाई पदबाट निकालिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah