एजेन्सी । भारतमा एक ९ वर्षको बालिकाले गरेको फोनका कारण लखनउ देखि युपी सरकार सम्ममा हलचल भएको छ । भारतको रामपुरकी ९ वर्षकी बालिकाले युपी सरकारको कन्ट्रोल रुपमा फोन गरेर आफुहरु खान नपाएर भोकै मर्न लागेको खबर सुनाएपछि हलचल मच्चिएको हो । लामो समय देखि लकडाउनका कारण आमाबुवा काममा जान नपाएको र घरमा भएको खानेकुरा पनि सकिएपछि आफुहरु भोकै मर्न लागेको भन्दै ९ वर्षकी बालिकाले फोन गरेकी हुन् ।
उनका बुवाआमा बोल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले फोन गरेकी थिइन् । उनले यसरी घरको अवस्था बयान गरेर फोन गरेपछि युपी प्रशासनले रामपुर जिल्ला अधिकारीलाई फोन गरेर तत्काल अवस्था बुझ्न आदेश दियो ।
जव प्रहरी त्यो बालिकाले भनेको ठेगानााम ठूलो राहत लिएर गयो अवस्था अर्कै थियो । बालिकाले मजाक गरेर त्यो नम्बरमा फोन गरेकी थिइन् । जव प्रहरीको ठूलो समुह राहत लिएर ढोकामा पुग्यो बालिकाका आमाबुवा छक्क परे । यो कसरी भयो रु भनेर प्रहरीलाई उनीहरुले प्रश्न राखे । प्रहरीले प्रदेश सरकारको कन्ट्रोल रुपममा फोन गरेर कसैले खान नपाएर मर्न लागेको जानकारी गराएपछि सरकारको आदेशमा आफुहरु राहत लिएर आएको बताएपछि उनका बुवाआमा छक्क परेका थिए ।
उनका बुवाले प्रहरीसंग माफी माग्दै आफ्नो ९ वर्षको छोरीले मजाक गरेर कन्ट्रोल रुमको फोन नम्बरमा त्यस्तो कुरा भनेको बताए । उनले आफ्नो छोरीको नादानीका कारण सबैलाई दुख भएको भन्दै माफी मागेर आफ्नो घरमा खानेकुरा प्रशस्त भएको बताए । उनले त्यो राहत अरु खान नपाएकाहरुलाई दिन आग्रह गरे ।
ति बच्चीका बुवाले आफुहरुले घरमा कोरोनाका कारण गरिबहरुलाई यस्तो समस्या परेको छ भनेर कुरा गरेको सुनेकी छोरीले त्यो नम्बरमा फोन गरेको हुनसक्ने बताए । उनले आफुहरुको कुराकानीका क्रममा कन्ट्रोल रुपमका नम्बर भनेको र छोरीले त्यही नम्बरमा फोन गरेकोब ताए । उनीहरुले विपन्नहरुले यो नम्बरमा फोन गरेपछि खानेकुरा पाइन्छ भनेर कुरा गरेको सुनेको भएर छोरीले त्यसै गरेको बताए ।
छोरीले फोन गरेर प्रहरी राहत लिएर आउँदा उनका बुवा जंगल गएका थिए । उनी घर आउँदा आफ्नो घरमा प्रहरीलाई देखेर छक्क परेका थिए । रामपुर के जिलाधिकारी आन्जनेय कुमार सिंह नै राहत लिएर बालिकाको घर पुगेका थिए । प्रहरीले यस्तो घटनामा सजग हुन अभिभावकलाई सुझाव दिएको छ ।



