हुन त नेपालमा पनि श्रीमती पीडित संघ गठन भइसकेको छ । तर श्रीमतीले घरबाटै निकालि दिएपछि बस्ने आश्रमचाहिं बनेको छैन । महिला हिंसा न्यूनिकरण गर्ने प्रयत्न जारी छ, पुरुष हिंसा न्यूनिकरणबारे चासो नराएिकाले श्रीमती पीडितका लागि नेपालमा पनि आश्रम जरुरी भइसकेको अनुभव गर्न थालिएको छ ।

भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेकी छिन् । पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उक्त आश्रमको उद्घाटन गरेका हुन् ।

उक्त पत्नी पीडित आaश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरु मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होउन् ।

झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तिनवटा कोठा छन् । यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरुले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरु खाना बनाउने लगायतका सबै काम आफै गर्छन् ।

सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरुका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् । साथै पत्नी पीडित पुरुष विरुद्ध लागिरहेको मुद्दाका विषयमा कानून विदहरुसँग सल्लाह लिइन्छ ।

मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानु पर्दा उनले आफू जस्तै तीन जना पत्नी पीडित भेटे । त्यसपछि उनलाई पत्नी पीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो । भारतीय पत्रिकाका समाचारका आधारमा तैयार पारिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय