दमक। झापाको दमकमा रहेर पत्रकारीता गदै आएका पत्रकारहरुलाई पत्रकार मञ्च दमकले आज मास्क वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न सहयोग पुग्ने भन्दै मञ्चले आज आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि मास्क वितरण गरेको हो ।
प्रत्येक पत्रकारलाई एक ओटा केएन ९५ र दुई ओटा सर्जिकल मास्क वितरण गरिएको थियो । दमकका पत्रकारहरुका लागि भन्दै प्रधानमन्त्री कार्यलयका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र पुर्व प्रेस संयोजक चेतन अधिकारीले एक सय केएन मास्क उपलब्ध गराएको पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालले बताउनु भयो ।
त्यस्तै शुभ लक्ष्मी विजुली भण्डारका दया सागर आचार्य र सम्बन्ध निमार्ण सेवाका सुमन काफ्लेको तर्फबाट एक सय सर्जिकल मास्क पत्रकार मञ्च दमकलाई सहयोग गरेको पनि गदालले जानकारी दिनुभयो । आज विभिन्न संचार माध्यममा कार्यरत २५ जना पत्रकारहरुलाई दिएको र कार्यक्रमा नआएका पत्रकार मञ्चमा आबद्ध अन्य पत्रकारलाई पनि उपलब्ध गराइने गदालले सवाल नेपाललाइ जानकारी दिनुभयो ।










