भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिएका छन् । उनले आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्।

लद्दाखमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि प्रधानमन्त्री मोदीले पहिलो पटक मुख खोलेका हुन्। १५ राज्यका मुख्यमन्त्रीसँग भर्चुअल बैठकको सुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने पनि बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन, हाम्रा लागि मुलुकको एकता र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण छ।’उनले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताए। बैठकमा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह पनि उपस्थित थिए।