काठमाडौं- नेपाल-भारत सीमाका विषयमा विवादास्पद अभिव्यक्ति दिएकी समाजवादी पार्टीकी सांसद् सरिता गिरीविरुद्ध रमेश प्रसाईले उजुरी दिएका छन्। नेपाल भारतका सीमाका विषयमा सांसद् गिरीले दिएको अभिव्यक्ति राज्य विरुद्धको कसुर भएको दाबी गर्दै प्रसाईले शुक्रबार प्रहरीमा उजुरी दिएका हुन्।

महानगरीय प्रहरी परिसर टेकुमा उनको उजुरी दर्ता भएको जानकारी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। राज्य विरुद्धको कसुरमा उजुरीमाथि अनुसन्धान अघि बढाइने तयारी गरिएको समेत केसीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसद गिरीले नेपालले हालै आफ्नो नक्सामा समावेश गरेका लिम्पियाधुरासहितका क्षेत्रका विषयमा भारतसँग वार्ता नगरी अघि बढिएको भन्दै सरकारको आलोचना गरेकी थिइन्।

नक्सासहितको संविधान संशोधन विधेयक पास गर्ने दिन पनि उनी प्रतिनिधिसभा बैठकमा पुगेर बहिष्कार गर्दै बाहिरिएकी थिइन्। नेपालको सांसद् भएर पनि सबै सांसद्हरूको एकमत हुँदासमेत भारतको पक्षपोषण गरेको भन्दै उनको तीव्र आलोचना हुँदै आएको छ। नेपाल लाइभ बाट साभार