सोल । दक्षिण कोरियामा शनिबारमात्र ६७ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन्।
यहाँका स्वास्थ्य अधिकारीहरुले गत मे २८ पछि यति ठूलो संख्यामा यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार प्राप्त समाचारमा तीन हप्तापछि पहिलो पटक दक्षिण कोरिायमा ६७ जना नयाँ संक्रमित भेटिएका छन् र तीमध्ये ३१ जना विदेशबाट आएका व्यक्ति हुन् । बाँकी दक्षिण कोरियाकै नागरिक संक्रमित भएका हुन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गत मे २८ मा यहाँ ७९ जना संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ यति ठूलो संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ ।

प्राप्त समाचारमा यहाँ अहिलेसम्म १२ हजार ३७३ जना संक्रमित छन् । साथै यहाँका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । दक्षिण कोरियामा मे महिनाको शुरुवात देखि नै कोरोना भाइरसको प्रकोपबाट बच्न सामाजिक दुरी कायम गर्नुका साथै स्वास्थ्यका विविध मापदण्डहरु निकै कडाइका साथ पालना गरिएको छ । जसका कारण यहाँ यो भाइरसको संक्रमण विश्वका अन्य देशको तुलनामा फैलिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah