४ जेठ । बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिबेदनमा नागरिकको आयुको औसत लम्बाई मापन सूचिमा अष्ट्रेलिया चौथो स्थानमा उक्लेको जनाइएको छ । यस सूचिको पहिलो दोश्रो र तेश्रो स्थानमा क्रमशः रहेका जापान, सिङ्गापुर र स्विट्जरल्याण्डलाई पछ्याउँदै चौथो स्थानमा उभिई अष्ट्रेलियाले पनि औसत नागरिक दीर्घ जीवनमा बिश्व–नेताको उपाधि हासील गरेको छ । सफा, सुग्घर र प्रदूषणमुक्त नगरहरुमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्वहरुले अष्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढाउन टेवा पु¥याएको पनि उक्त प्रतिबेदनले औंल्याएको छ । यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा बिश्व भरीकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा बृद्धि भै रहेको तथ्य बिश्व स्वास्थ्य संगठनका प्रवक्ता डा. कोलिन म्याथर्सले अष्ट्रेलियन ब्रोड्क्यास्टिङ्ग कर्पोरेसन (एबिसि) सञ्चार माध्यमलाई बताएका छन् । बिश्व स्वास्थ्य संगठनका एकसय चौरान्नब्बे सदस्य राष्ट्रहरुमाझ गरिएको अनुसन्धान र परीक्षणबाट सो निष्कर्ष निकालिएको थियो । अपितु, केही अष्ट्रेलियालीहरु अत्यन्त कडा र निको नहुने खालको दीर्घ रोगको शिकार भए ता पनि समग्र राष्ट्रिय औसत आयु दरमा भने अष्ट्रेलियाले बिश्वका धेरै मुलुकहरुलाई उछिनेको छ । डा. म्याथर्सका अनुसार स्वास्थ्य सम्बन्धी राष्ट्रिय जनजीवनका अन्य प्रमुख क्षेत्रमा पनि अष्ट्रेलियाले अग्रस्थान ओगटेको छ । बिश्वभरको गर्भधारण वा सुत्केरी अवस्थामा मातृ मृत्यु दर अष्ट्रेलियामा सबभन्दा न्यून रहेको छ । त्यस्तै धूम्रपान दरः राष्ट्रिय जनसङ्ख्याको करिब १७ प्रतिशत मात्र रहेकाले धूम्रपानकर्ताहरुको बिश्व सूचिको अन्तिम क्रमसङ्ख्याबाट गणना गर्दा आठौं स्थानमा रहेको छ । सहरी क्षेत्रमा ब्याप्त हुने प्रदूषणका कणहरुको हिसाबले अष्ट्रेलिया बिश्वमा अत्यन्त सफा, सुग्घर राष्ट्रको सूचिको अग्रस्थानमा आसीन रहेको छ । धेरै राष्ट्रिय सुलक्षणहरु बिद्यमान रहे ता पनि अष्ट्रेलियाली समाजमा केही अँध्यारा पक्षहरु पनि छन् । राष्ट्रिय आत्महत्याका घटनामा बिश्वको औसत दरलाई अष्ट्रेलियाले उछिनेको छ । हाल बिश्वको औसत आत्महत्या दर करिब १२ जना प्रति एक लाख रहेकोमा अष्ट्रेलियामा यो भन्दा बढी रहेको र घरेलु हिंसा र सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु दर पनि नघटेको जनाइएको छ । रासस ÷सिन्ह्वा
औसत आयु मापनमा अष्ट्रेलिया चौथो स्थानमा
सवाल नेपालसंवाददाताबिहीबार, ३ जेठ २०७४

औसत आयु मापनमा अष्ट्रेलिया चौथो स्थानमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



