दमक,सामाजिक सेवा नेतृत्व बिकास परोपकार भातृत्व लगायतका विविध कार्यक्रमहरु गर्दै आइरहेको रोट्याक्ट क्लब अफ दमकको वर्ष २०२०-२१ का लागि दधिराम ढकाल अध्यक्ष बनेका छन्।
बिरोध सुवेदी सस्थापक अध्यक्ष बनेका रोट्याक्ट क्लब अफ दमकको नेतृत्व २०१९-२० मा सुदिप लिम्बूले सम्हालेका थिए।यसै गरि २०२०-२१ को नेतृत्व ढकालले पाएका हुन् ।ढकाल यस सस्थाका सस्थापन सचिव बनेका थिए। स्थापनादेखि नै सक्रिय रहेका ढकाल दमक पब्लिक लाइब्रेरीका सदस्य हुन र उनी दमक पब्लिक लाइब्रेरी युथ टिमका अध्यक्ष समेत रहेर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन्।
शिक्षा स्वास्थ नेतृत्व र भातृत्व विकास लगायतका अन्य सेवामूलक कार्यक्रमहरु गर्दै आएको यस क्लबले गाउँमा लाइब्रेरी ,स्वास्थ शिविर ,नेतृत्व बिकास सङै विभिन्न कार्य गरेर आफ्नो सेवाको कार्य गरिरहेको छ ।
दधिराम ढकाल अध्यक्ष रहेको उक्त टिममा बिस्णु भण्डारी सुमन पौडेल र बिनोद उप्रेती उपाध्यक्ष बनेका छन्।पानस अधिकारीले सचिब आकाश अधिकारी सह सचिब ,मिरा खनाल कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।यसै गरि सपनालिम्बू समाज,दिवाकर पाँचकोटि क्लब ,रश्मि उप्रेती प्रोफेसनल र अमन जैसवालले अन्तरास्ट्रिय बिभागमा बसेर निर्देशकको जिम्मेवारी सम्हाल्ने छन्।मदन पाठक एरिया कोडिनेटर , आशिष् न्यौपाने सर्जेन्ट एट आम्सको भुमिकामा रहने छन् ।शुभम रायले इन्टर्याक्ट ओडिनेटरको जिम्मेवारी पाएका छन् र किरण गौतम हेड अफ डिरेक्टरको भुमिकामा रहेर यो बर्ष अफ्नो क्लबका निर्देशकहरुका प्रमुख बन्नेछन् ।
स्थापनाको छोटो अवधिमै विभिन्न सेवा मुलक कार्यहरु गरेर आफ्नो बेग्लै पहिचान बनाएको रोट्याक्ट क्लब अफ दमकले यो बर्ष रोटरी पार्क निर्माणको जिम्मा पाएको छ ।यसै गरि शिक्षाका विभिन्न कार्यक्रम ,बाल सचेतना,वातावरण संरक्षण ,नेतृत्व बिकास र ब्यबसायिक सीप बिकास,स्वास्थ शिविर लगायतका अन्य कार्यक्रमहरु गर्ने योजना बनाएको छ र भोलि १२ गते होटल काक्त्यानी इनको आफ्नो कार्यालयमा निवर्तमान अध्यक्ष सुदिप लिम्बूले ढकाललाई अध्यक्षताको पद हस्तान्तरण गर्नेछन् र लिम्बूले आफ्नो कार्यकालको प्रगती विवरण सार्वजनिक गर्नेछन् ।











