स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक परिणामलाई लिएर नेपाली कांग्रेसमा विवाद सुरु भएको छ । शीर्ष नेताहरुबीच चुनावमा एमाले भन्दा पछि कसरी परियो भन्नेमा विवाद भएको छ ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको एक नेताले बताए । बरिष्ठ नेता रामचन्द्र पौडेलले हारको जिम्मेवार पार्टी सभापतिले लिनुपर्ने तर्क गरेपछि देउवाले आक्रोस पोखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अहिले हामीले हार्न नपर्ने ठाउँमा पनि हारेका छौ पराजयको विषयमा पार्टी सभापति देउवाले गम्भिर रुपमा सोच्नुपर्ने’ बरिष्ठ नेता पौडेलको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘चितवनमा गरेको तालमेलका कारण पनि कार्यकर्ता असन्तुष्ट देखिन्छन् हामीले आफ्नै कारणले हार्नु परेको हो । ’

तलतल गुटबन्दी गर्ने आफुलाई मात्रै दोष दिने भन्दै सभापति देउवा रिसाउँदै बैठक छाडेर बनहिरएका थिए । बैठकमा सभापति देउवा प्रधानमन्त्री भएका कार्यवाह रामचन्दै पौडेलले पाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । एक नेताका अनुसार देउवाले त्यसमा कुनै प्रतिक्रिया दिएनन ।