दमक। लायन्स क्लब अफ इष्टर्न लाइनको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच आज पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । आजबाट क्लबको प्रेसिडेन्टको जिम्मेवारी जितेन्द्र खत्री युवराजले सम्हालेका छन् । उनी २०२०।२१ को प्रेसिडेन्ट हुन् । उनलाई २०१९।२० का प्रेसिडेन्ट तुलसीराम तिम्सिनाले पद हस्तान्तरण गरेका हुन् ।

त्यस्तै आजैबाट क्लबको फष्ट भाइस प्रेसिडेन्टको जिम्मेवारी गंगादेव चौधरीले सम्हालेका छन् भने सेकेण्ड भाइस प्रेसिडेन्ट युवराज गजमेर, थर्ड भाइस प्रेसिडेन्ट राज अग्रवाल, सेक्रेटरी बिमल बराल, जोइन्ट सेक्रेटरी स्वीकार श्रेष्ठ र कोषाध्यक्ष उत्सब प्रसाइले सम्महालेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एरिया चिफ बबरजंग थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक ३२५ ए वानका जोन चियर पर्सन पवन अधिकारी, रिजन चियर पर्सन रामचन्द्र बराल, एरिया कोअर्डिनेटर प्रहर क्षेत्री,अजय अग्रवाल, वातावरण चिफ गोपाल अग्रवाल, लायन्स क्लब अफ युनाइटेडका सन्दीप बस्नेत,लायन्स क्लब अफ धनेश्वरका किरण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।