काठमाडौं । बिना लाइसेन्स कोरोनाको औषधी बनाएको दाबि गरेको भन्दै भारतीय योगगुरु रामदेवसहित ५ जनाविरुद्ध उजुरी परेको छ ।योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ आचार्य बालकृष्ण, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस)का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध भारतको जयपुरमा उजुरी परेको हो ।

एक वकिलले मुद्धा दायर गर्दै रामदेवविरुद्ध धोखाधडीको आरोप लगाएका छन् । उजुरीमा धारा ४२० तथा औषधिसम्बन्धि विभिन्न कानुनको हवाला दिडिया मुद्दा दायर गरिएको द हिन्दुले उल्लेलख गरेको छ ।

गत साता बाबा रामदेवले आफुहरुले कोरोनाको आयुर्वेदिक औषधि बनाएको दाबि गर्दै औषधि सार्बजनिक गरेका थिए । तर भारत सरकारले भने वैज्ञानिकरुपमा प्रमाणित आधार नभएको भन्दै सो औषधिको प्रचार प्रसारमा प्रतिबन्ध लगाएको थियो ।

रामदेवनेतृत्वको पतंजली आयुर्बेदले बनाएको कोरोनाको औषधिको स्वीकृति नलिएको खुलासापछि रामदेव मुश्किलमा परेको देखिएको छ । इम्युनिटी बढाउने औषधिको स्वीकृति लिएर पतंजलीले कोरोनाको औषधि भन्दै प्रचार गरेपछि समस्या आएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय