लायन्स क्लब अफ दमक युनाइटेड कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका छन् ।

अाइतबार दमक १ मा रहेकाे डि टाउनकाे सभाहलमा एक कार्यक्रमकाे आयोजना गरी २०१९-२० का अध्यक्ष सन्दिप बस्नेत सहितको कार्यसमितिले वर्ष २०२०-२१ का अध्यक्ष प्रकास गजमेरको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।

अाइतबार बाटै प्रथम उपाध्यक्षकाे जिम्मेवारी साजन श्रेष्ठले सम्हालेका छन् भने दितीय उपाध्यक्ष बिकेक श्रेष्ठ, तृतीय उपाध्यक्ष निप प्रसाद गजमेर (गाेपाल),सचिव प्रदिप गाैतम र कोषाध्यक्षकाे जिम्मेवारी डा.राेजन बस्नेतले सम्हालेका छन् ।

लायन्स क्लब ३२५ ए वान का एरीया चिफ बबर जगं थापा (किरण)काे प्रमुख अतिथि भएकाे कार्यक्रममा बाेल्दै क्लबका निर्वतमान अध्यक्ष सन्दिप बस्नेतले लायन्स भएर सेवा गर्न थाले देखि आफुमा फरक उर्जा मिलेकाे बताउदै आफ्नाे कार्यकालमा लायन्सले तोकेको बिधामा रहेर बर्ष भरीमा १५६ वटा काम गरी डिस्ट्रिक ३२५ ए वान बाट एक्सिलेन्ट क्लबकाे रूपमा अवार्ड दिलाउन र कार्यकाल लाइ सफल बनाउन सहयाेग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गरे । बस्नेतले पुर्व अध्यक्ष उत्तम थापाले देश बाहिर रहेर पनि क्लबलाइ दिएकाे साथ र सहयाेगकाे खुलेर प्रसंशा गरे ।

कार्यक्रममा बाेल्दै नयाँ कार्य समितिका अध्यक्ष प्रकास गजमेरले क्लबलाइ अगाडी बढाउन सबैकाे साथ सहयाेग आवश्यक भएकाेले सबैलाइ आफ्नाे कार्यकाल भरी साथ सहयाेग गर्न आग्रह गरे । गजमेरले आफ्नाे कार्यकालमा दमकमा रहेका क्लबहरू संग सहकार्य गरेर अगाडि बड्ने याेजना रहेकाे बताए ।

प्रमुख अतिथि एरीया चिफ बबर जगं थापा (किरण), एरीया कोअर्डीनेटर प्रहर क्षेत्री र अजय अग्रवाल, जोन चियर पर्सन पवन अधिकारी, रिजन चेयर पर्सन राम चन्द्र बराल, लायन्स क्लब अफ दमक इस्टर्न लाइनका अध्यक्ष युवराज खत्री, निवर्तमान अध्यक्ष तुलसी राम तिम्सिना, लायन्स क्लब अफ दमक गाेल्डका अध्यक्ष काशी खाती, माउन्ट एभ्रेस्टका पुर्व अध्यक्ष चन्द्र गजमेर लगायतले क्लब स्थापनाकाे छाेटाे समयमा गरेका कामको प्रशंसा सहित आगामी सफलकार्यकालकाे लागी नयाँ समिति लाइ शुभकामना दिए ।

बर्ष भरी उत्कृष्ट काम गरेकै आधारमा यस बर्ष डिष्ट्रिक ३२५ ए वानकाे उत्कृष्ट दोस्रो सचिवमा साजन श्रेष्ठ, कोषाध्यक्ष निप प्रसाद गजमेर (गाेपाल) गोल्ड अवार्ड बाट सम्मानित भएको जानकारी गराइएको थियो । सोही अवसरमा क्लबले ६ जना नयाँ सदस्यलाइ क्लबमा प्रवेश गराएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय