थाइल्यान्डको लोपबरी शहरमा हजारौं बाँदरहरूले स्थानीयमाथि आक्रमण गर्ने र सरसामान लुट्ने काम गरिरहेका छन् । उक्त शहरमा पहिलेपहिले बाँदरहरू स्वतन्त्र घुम्दा स्थानीयहरूले सहेर बस्ने गरेका थिए किनकि पर्यटकहरू आकर्षित हुन्थे र बाँदरलाई फलफूल खुवाउन र तीसँग तस्वीर खिच्न राम्रो पैसा तिर्ने गर्थे ।

तर लकडाउनका कारण पर्यटकहरू आउन छोडे जसले गर्दा बाँदरहरूलाई खाने सामग्रीको अभाव हुन थाल्यो । नयाँ भिडियो फूटेजमा बाँदरहरू हिंस्रक बनेको र स्थानीयहरूलाई बाँदर नियन्त्रण गर्न गाह्रो परेको देखिन्छ ।

एउटा बाँदरले एक महिलाको ढाडमा चढेर उनको कपाल लुछेको देखिन्छ । अनि थाइल्यान्डमा चर्को गर्मी भएकाले कैयौं बाँदरहरू नुहाइरहेको देखिए । अनि अन्य बाँदरले स्थानीयहरूका कारको पछाडिबाट खानेकुरा चोरेको देखिन्छ ।

मानिसहरूले बाँदरलाई शान्त बनाउन जंक फूड खुवाएका थिए तर चिनी भएको खानेकुराले उनीहरूको यौनचाहना बढाएकाले उनीहरूले पहिले भन्दा छिटो सन्तान जन्माउन थालेका छन् ।

त्यसले गर्दा स्थानीयहरूले बाँदरहरूलाई शान्त बनाउन खरबुजा र मकै खुवाउने गरेका छन् । बाँदरहरूले खानाका ससाना टुक्राका लागि एकअर्कासँग बेस्सरी झगडा गर्ने गरेको देखिन्छ । परित्यक्त एक सिनेमाघरमा बाँदरहरूले अड्डा जमाएर बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर