काठमाडौं । चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङमा तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाउने राष्ट्रिय सुरक्षा कानुन सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय पिपुल्स कांग्रेसको स्थायी समितिले अनुमोदन गरेको कानून अनुसार कानुन उल्लंघन गरे लामो समय जेल सजाय भोग्नु पर्ने समाचार माध्यमले जनाएका छन् । कानुनको पक्षमा सबै १ सय ६२ जना सदस्यले सर्वसम्मत मतदान गरेको जनाइएको छ । कानुन अनुमोदन अगाडि हङकङबाट त्यहाँ प्रतिनिधित्व गर्ने सीमित प्रतिनिधिलाई मस्यौदा हेर्न दिइएको जनाइएको छ ।

आइतबार स्थायी समितिले एउटा विशेष छलफलमार्फत फास्ट ट्रयाकबाट मस्यौदा पेश गरेको र पारित गरिएको जनाइएको छ । नयाँ कानुन हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको जुलाई १ का दिन पर्ने २३ औं वर्षगाँठदेखि लागू हुने चिनियाँ सचारमाध्यमले जनाएका छन् । उता अमेरिकाले भने यस कानुनको पक्षमा लाग्ने चिनियाँ अधिकारीलाई भिषा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याए हङकङलाई दिँदै आएको विशेष सहुलियत र पहिचान हटाउने चेतावनी अमेरिकाले दिदैं आएको छ । अमेरिकासहित पश्चिमा राष्ट्रले चीनको कानुनले हङकङमाथिको स्वायत्तताको विशेष अधिकार र नागरिक स्वतन्त्रताको अधिकार हनन हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah