रोट्याक्ट क्लब अफ दमकको रोटा वर्ष २०२०-२१ को नयाँ समितिले आज बाट आफ्नो कार्यक्रमलाई औपचारिक रुपमा सुरु गरेको छ ।

रोटरी रोट्याक्ट क्लब अफ दमकले स्थापना गरि दमक ३ ताराबारीको स्थानीय समुदायलाई हस्तान्तरण गरेको हाम्रो लाइब्रेरी लाई आवस्यक खेल सामाग्री र विभिन्न धार्मिक पुस्तकहरु प्रदान गरि आफ्नो कार्यक्रम सुरु गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोबिड १९ को महामारीमा बिद्यालयहरु बन्द भएर घरमै बसिरहेको अवस्थामा विद्यार्थीहरु लाइब्रेरीमा आएर पढ्ने खेल्ने गरेर आफ्नो समयको सहि सदुपयोग गरून् भन्ने उदेश्य अनुरुप लाइब्रेरीमा खेल सामाग्री बितरण गरिएको रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले जानकारी दिनु भएको छ ।

रोटरी क्लब दमकका निवर्तमान अध्यक्ष तथा समाजसेवी सन्दिप चापागाईं ,स्थानीय युवा कपिल ओझा र रोट्याक्ट क्लब दमकको आर्थिक सहयोगमा उक्त लाइब्रेरीलाई ३ थान फुटबल, २ थान भलिबल,२ थान ब्याटमिटन ,२ थान टेबल टेनिस सेट, २ थान चेस, २ थान लुडो र अन्य खेलकुद सामाग्रीसगै विभिन्न धार्मिक पुस्तकहरु उपलब्ध गराइएको रोट्याक्ट क्लब अफ दमकका सह सचिब आकाश अधिकारीले जानकारी दिनु भएको छ ।कार्यक्रममा रोटरियन नवीन श्रेष्ठ ,सन्दिप चापागाईं ,रोट्याक्टर सुदिप लिम्बू लगायतका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।उक्त खेल सामाग्री होमनाथ घिमिरे र टक ढकालको मातहत हाम्रो लाइब्रेरीलाई प्रदान गरिएको थियो ।