दमक। पहिलो पाइला दमक शाखाले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष छवि बास्कोटाको अध्यक्षतामा आज बसेको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । पुर्ण कुमार खड्का (दिपक) को नेतृत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

दुई उपाध्यक्ष सहित गठन गरिएको पहिलो पाइला दमक शाखाको प्रथम उपाध्यक्षमा निशा घिमिरे र द्धितीय उपाध्यक्षमा सुरेश बराल चयन  भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै सचिवमा मेघनाथ फुयाल चयन भएका छन भने सह-सचिवमा राजु निरौला, कोषाअध्यक्षमा दिवस खतिवडा र सह-कोषाध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । समितिको सदस्यहरुमा रोशन अधिकारी, निस्चल घिमिरे र पुन भट्टराई चयन भएका छन् ।